उपरथी श्रेष्ठले ल्याए ‘वीर नेपाली सेना’, प्रधानसेनापति शर्माद्वारा लोकार्पण

मंगलबार, असोज २, २०८०

काठमाडौंनेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा लिखित वीर नेपाली सेना बोलको गीतको म्युजिकि भिडिओ प्रधानसेनापति प्रभुराम शर्माले लोकार्पण गरेका छन्।

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा औपचारिक कार्यक्रमबीच म्यूजिक भिडियोसहितको गीत प्रधानसेनापति शर्माले सार्वजनिक गरेका हुन् ।

गीतकार उपरथी श्रेष्ठले नेपाली सेनाको काम र वीरतालाई लिएर सबै नेपालीको बुझाईमा एकरुपता नपाएका कारण सन्देश दिनका लागि गीत लेखेको बताए। उनले गीतमार्फत एकरुपता देखाउन खोजिएको बताए।

नेपाली सेनाका कर्तव्यपरायण, कर्मठ सैनिकहरु तथा हाम्रा वीर पूर्खाहरुको योगदान र बलिदानको बारेमा सबै नेपाली नागरिकहरुको बुझाइमा एकरुपता पाइँदैन। म एक सैनिक भएको नाताले मलाई यो विषयले झक्झकाइरह्यो, श्रेष्ठले भने,‘तर म व्यावसायीक लेखकचाहिँ होइन, सेनाले निभाउदै आएका संविधान प्रदत्त बहुपक्षीय जिम्मेवारीहरु र योगदानलाई शब्दमा लिपिबद्ध गरी अभिव्यक्त गर्ने प्रेरणा मिल्यो।

युवा गायक सुभात तिम्सिना र गायिका गिता पाण्डेले उक्त गीतमा पाश्र्वगायन गरेका छन् भने राजेन्द्र बजगाँईको संगीत रहेको छ। नेपाली सेनाका सैनिक ब्याण्ड प्रमुख, प्रमुख सेनानी दिनेश सोनामले संगीत संयोजन गरेका छन्।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्