Nic Ad Nic Ad
Nic Ad Nic Ad
बाँकेमा बम विष्फोट

पूर्व–पश्चिम राजमार्गमा शक्तिशाली बम विष्फोट

आइतबार, भदौ ३१, २०८०

बाँके- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ढकेरी नजिक शक्तिशाली विस्फोट भएको छ। बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकैको उक्त राजमार्ग खण्डमा शनिवार राती बम विष्फाेट भएकाे हाे ।

विष्फोट भएको स्थान मानव बस्तीभन्दा टाढा जंगलमा पर्छ। स्थानीय बासिन्दाले आइतबार बिहान विष्फोट भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। विस्फोटबाट कुनै मानवीय क्षति नभएपनि सडकको एक तर्फको भाग भत्केको प्रहरीले जनाएको छ।

घटनास्थलमा खिया लागेका तार लगायतका टुक्राहरू फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) नारायण डाँगीले जानकारी दिए।

‘घटनास्थलको अवस्था हेर्दा सडक मुनि विछ्याइएको द्वन्द्वकालिन विष्फोट पदार्थ अहिले आएर विष्फोट भएको हुन सक्ने हाम्रो आशंका छ, यस विषयमा अनुसन्धान भईरहेको छ,’ उनले भने। विष्फोटपछि नेपाली सेना पुगेर पनि अनुसन्धान गरेको जानकारी दिए।

राप्ती सोनारी–९ ढकेरीका स्थानीय बासिन्दा कबिन्द्र परियारले पनि द्वन्द्वकालिन समयमा विछ्याइएको विष्फोटक पदार्थ अहिले पड्किएको हुनसक्ने आशङ्का गरे।

तत्कालिन सशस्त्र द्वन्द्वको समयमा पूर्व–पश्चिम राजमार्गको कोहलपुर–लमही खण्डमा बिद्रोही माओवादीले थुप्रै ठाउँमा माईन विष्फोट गराएको थियो।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार