प्रधानसेनापति शर्माको कडा निर्देशनः को हो दूरगामी असर पार्ने प्रायोजित शक्ति?

आइतबार, भदौ २४, २०८०

काठमाडौं प्रधानसेनापति प्रभुराम शर्माले देशमा शान्ति स्थिरता खलबल्याउने शक्तिको योजनालाई निमिट्यान्न पार्नका लागि नेपाली सेना तैनाथ रहन निर्देशन दिएका छन्।

प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो बर्ष पुगेको अवसरमा भएको औपचारिक कार्यक्रममा उनले देशको स्थिर माहोललाई खलबल्याउने कुनै पनि स्वार्थप्रेरित समूहबाट क्षणिक दूरगामी असर पार्न सक्ने प्रायोजित काम हुन सक्ने उनको संकेत थियो।

अमेरिकी सेनासँगको सहकार्यमा भइरहेको संयुक्त अभ्यासलाई लिएर एमसीसीको बिरोधको खोल ओढेको शक्तिबारे उनले बोलेको हुन सक्ने अनुमान गरिएको छ।

नेपाली सेनाका सकल दर्जालाई उनले देशहितको बृहत्तर काममा सक्रिय हुनका लागि पनि निर्देशन दिएका छन्।

नेपालको एकीकरण अभियानको थालनीदेखि नै सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाइराख्न अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको शर्माले स्मरण गराए।

सेना जस्तो शक्ति आजको भोली तयार पार्न सकिने संगठन नभएको तर्क गरेका उनले लामो अध्ययन, तयारी, अभ्यास अनुभवले निखारिँदै सवल सुदृढ हुँदै जाने सङ्गठित अनुशासित सङ्गठन नयाँ प्रविधि, सिर्जना हुने नयाँ परिवेश तथा थपिँदै जाने बहुआयामिक चुनौतीले सदैव चलिरहने पनि बताए।

कार्यकालको तेस्रो वर्ष थालनीको पूर्वसन्ध्यामा प्रधानसेनापतिले छाउनी तथा सैनिक मञ्च टुँडिखेलमा रहेका वीर स्मारकमा माल्यार्पण गरे।

सैनिक कल्याणकारी निर्देशनालयको प्रकाशन कल्याणकारी दर्पण, नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित काठमाडौंतराईमधेश द्रुतमार्ग सडक आयोजनाको प्रकाशन केटीएफटी जर्नलका तेस्रो भाग सेनाको वर्षभरिका प्रमुख गतिविधिको पुस्तक बिमोचन गरेका शर्माले सबैलाई धन्यवाद दिए।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्