एसिया कप क्रिकेट

भारतविरुद्धको खेलमा नेपालले आठौँ विकेट गुमायो

सोमबार, भदौ १८, २०८०

काठमाडौँ– श्रीलङ्कामा जारी एसिया कप २०२३ अन्तर्गत भारत विरुद्धको खेलमा नेपालले आठौँ विकेट गुमाएको छ ।

पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारत विरुद्धको खेलमा आठौँ विकेट रुपमा सोमपाल कामीलाई गुमाएको हो । खेलको ४७ दशमलव २ ओभरमा नेपालले सातौ विकेटको रुपमा ऐरीलाई गुमाउन पुग्यो । 

यसअघि नेपालले सातौ विकेट रुपमा दीपेन्द्र सिंह ऐरीलाई गुमाएको थियाे । खेलको ४१ दशमलव १ ओभरमा नेपालले सातौ विकेटको रुपमा ऐरीलाई गुमाउन पुग्यो । 

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले ४७ ओभरमा ८ वीकेट गुमाउँदै २२९ रन जोडेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्