नेभिगेशन
खेलकुद

साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आवद्ध

काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आवद्ध भएकी छिन् ।

साम्बा सन् २०२५–२६ सिजनका लागि अष्ट्रेलियाको ‘ए’ लिग खेल्ने क्लब वेलिंगटनमा अनुबन्ध भएकी हुन् ।

वेलिंगटन न्युजिल्याण्डको क्लब भए पनि यसले अष्ट्रेलियाको शीर्ष डिभिजन लिग खेल्दै आएको छ । उनले हालैको एएफसी महिला एशियन कप छनोटमा लगातार दुई खेलमा ह्याट्रिकसहित कुल ९ गोल गरेकी थिइन्।
भारतको महिला सुपर लिगमा २४ खेलमै ६० भन्दा बढी गोल गरेपछि सावित्राले फ्रेन्च क्लब एन अभेन्ट गुइनगाम्पमा खेल्दै युरोपको शीर्ष लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडीको इतिहास बनाएकी थिइन्।

फोनिक्सका कार्यवाहक मुख्य प्रशिक्षक एमी शेफर्डले सावित्राको आगमनलाई महत्वपूर्ण कदम बताउँदै भनिन्, ‘हामी सावित्रालाई स्वागत गर्न पाउँदा गर्वित छौं । उनले फ्रान्समा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरिसकेकी छन् । उनको अनुभव, नेतृत्व र आक्रमण क्षमताले हाम्रो टोलीलाई बलियो बनाउने छ ।’ साम्बाले यसअघि फ्रान्सको एन अभान्ट ग्वेंगाम्पमा २ सिजन बिताएकी थिइन् । फ्रान्सअघि साम्बाले इजरायलको हापोएल रानानाबाट युरोपियन लिगमा डेब्यु गरेकी थिइन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै