इटहरीका मेयरलाई खुल्लापत्रः सत्ताको राप कि शक्तिको आलाप?

शनिबार, भदौ २, २०८०
  • सुनिल कार्की

इटहरी उपमहानगरपालिका भित्र भर्खरै तिन सय प्रतिशत भन्दा बढी कर बढाउन नेतृत्व गर्नु हुने इटहरीका मेयर हेमकर्ण पौडेललाई नमस्कार।

स्थानीय तहको पछिल्लो चुनाव सकिएको वैशाखमा एक वर्ष पुगेर भदौ लागी सक्यो। ट्यांग्रा खोलामा समेत यो अवधिसम्म धेरै पानी बगीसकेको छ। ट्यांग्राकै किनारमा रहेको इटहरी उपमहानगरको सिंहदरबारबाट पनि धेरै मुद्दाहरू बग्दै बाहिर निस्कँदै छन् ।

पछिल्लो पटक हजुरको सिंहदरबारबाट शासकको मैमत्ताको गन्ध सहित निस्किएको करको करकरे हावाले अहिले इटहरीवासीमा दुर्गन्ध बढेको थाहा नै होला।

हुन त तपाईँले इटहरीमा सुगन्ध फैलाउनु हुन्छ होला भन्ने विश्वासमा एक वर्ष केही महिना अगाडीसम्म इटहरीका बहुसङ्ख्यक जनतादेखिएका थिए। त्यही भएर पनि होला इटहरीका २० वटा वडा मध्य १५ वटा वडा एमाले जित्दा समेत काँग्रेसबाट प्रतिनिधित्व गर्ने तपाईँलाई मेयरमा भने पत्याए। इटहरीलाई समृद्ध बनाउनु होइबक्सन्छ भन्ने आस इटहरीका जनतालाई पनि थियो।

IMG_06481692427676.jpeg

तर, मेयर साप!

कुर्सीमा बसेपछि तपाई मात्तिनु भो कि आत्तिनु भयो हौ ? अलि परको विगत तपाईँको जे सुकै होस। त्यसमा म जान चाहान्न। किनकि न्यायालयप्रति मेरो पुरा भरोसा छ। समयको त्यो कालखण्ड छोड्ने हो भने मेयर निर्वाचित हुनु अगाडी सम्मको तपाईँको स्वभाव त ठिकै थियो। लोकतन्त्रमा तपाईँको विश्वास त देखिएकै थियो।

तर किन एक्कासि अहमता र स्वेच्छाचारी भावना बढ्यो हौ मेयर साप तपाईँमा? सत्ताको राप कि शक्तिको आलाप?

तपाई उपमहानगरको मेयर बन्दै गर्दा करडौको विशाल भवन बन्दै थियो। पुराना मेयर बस्ने सुविधा पर्याप्त टहरोमा तपाईँलाई सहजै बस्ने ठाउँ पनि थियो। एसी थियो। शासकहरूले प्रयोग गर्ने गोप्पे कोठा थियो। टेवुल थियो। घुम्ने कुर्सी थियो। थिएन चाहिँ के त्यहाँ?

तर, तपाईँलाई त्यो ठाउँ त नफाप्ने भो रे हैन? एउटा तान्त्रिकले अलच्छिन भयो भनेपछि अर्कै टहरो बनाउनु पर्ने भयो रे। हुन त सयौँ गुणाकर बढाएकै छ, सेवाग्राहीले पार्किङ गर्ने ठाउँ मासेर लच्छिनको टहरो बनाउँदा के जान्छ र? भन्ने नै त होला नि। नत्र भने हुँदा खादैको बस्ने ठाउँ हुँदाहुँदै पार्किङ मासेर टहरो बनाउनु पर्ने के आइलागेको थियो मेयर साप?

उपमहानगरलाई निजी कम्पनी जस्तो चलाएको कुरा मेरो आरोपनामा मात्र हैन है मेयर साप। लाखौँ रकमबाट खरिद डस्टबिन, सिएफएलको बत्ती कहाँ गए भनेर कार्यपालिका बैठकमै तपाईमाथि तपाईँका सदस्यले उठाएको प्रश्नबाट नै मेरो आरोपको पुष्टि पनि भएको छ

कि, इटहरी उपमहानगरको कार्यालय हाता भित्र जनताले पार्किङ गर्ने हैसियत राख्दैनन्? ‘बाटैमा राख गाडीसाडी, यो मेरो इलाका हो भन्ने सोच होहुन त मैले सोच भनेर लेख्नै पर्दैन थियो। किनकि त्यो सवालमा जनताको नियमितको अनुभूति नै काफी देखिन्छ।

हुन त, बल्ल बल्ल मेयर बनेको छ। पुरानो टहरोमा के बस्नु। बसेपछि नयाँमा बस्ने हो नि भन्ने लाग्यो पनि होला, होइन? त्यस्तै त्यस्तै मनमौजी कामको पैसाकाबाट तिर्ने भन्ने तनाव तपाईँलाई सायदै भएन। किनकि तपाईसँग त प्रकाण्ड प्रकाण्ड विद्वान छन्। विज्ञले सुझाव दिए होलान् पक्कै। कर बढाऔँ मेयर साप, बालै फरर।

टहरो बनाउने मात्र हैन, सचिवालय पनि आधुनिक डिस्कोमा देखिने बाउन्सरको सङ्ख्या भन्दा कम छैन। हुनत उपमहानगरको कामको शैली  सीमित साहुहरूको क्लब भन्दा माथिको त छैन। हुन त कर बढाउने हो, कहाँ खर्च गर्नु भर्ती गराउन आफ्ना मान्छेहरू भन्नेलागेको पनि होला।

उपमहानगरलाई निजी कम्पनी जस्तो चलाएको कुरा मेरो आरोपनामा मात्र हैन है मेयर साप। लाखौँ रकमबाट खरिद डस्टबिन, सिएफएलको बत्ती कहाँ गए भनेर कार्यपालिका बैठकमै तपाईमाथि तपाईँका सदस्यले उठाएको प्रश्नबाट नै मेरो आरोपको पुष्टि पनि भएको छ।

मेयर सा

आफूलाई लोकतन्त्रको हिमायती भनेर चिनाउने तपाईँले आफ्ना कर्मचारीलाई नगरपालिकाको विषयमा टिप्पणी वा खबरदारी नगर्न चेतावनी दिनु भएको छ रे। ठिकै छ कर्मचारीले काम गर्ने हो सरकारको खुद्रे आलोचना गर्दै बस्ने पनि हैन।

IMG_73331692427791.jpeg

तर, उपमहानगरको विरोध गर्दा आफ्ना कर्मचारी जनतालाई जथाभाबी भनेको विषयचाहिँ तपाईँले नियमन गर्नु पर्दैन? कि कार्यालयको कामको अतिरिक्त विपक्षीलाई काउन्टर गर्नु भनेर तपाईँले नै कर्मचारीहरूलाई आदेश दिएको हो?

अलि लेख्न पनि डर लाग्छ मेयर साप तपाईँको विरुद्ध त! आफ्नो बच्चालाई स्कुल पुराउन ठिक्क पारेको बेला आज स्कुल बन्द भनेर हजुरलाई आक्रोश पोखेपछि ती अभिभावकलाई पुलिस लगाएर थुनाएको विषय सम्झिदा पनि डर लाग्छ।

तपाई सामाजिक सञ्जालको राम्रो युजर हो नि। किनकि मेरा प्रतिनिधिहरु पनि सूचना प्रविधिमा जानकार छन् भन्नेमा मलाई खुसीलाग्छ यस्ता कुराबाट। तर आफूले सामाजिक सञ्जाल प्रयोग गर्दा विद्वान र अरूले त्यही सामाजिक सञ्जालबाट तपाईप्रति आलोचनात्मक कुरा राख्दा बकवास हुन्छ?

अहिले हरेक नागरिकले आफ्ना प्रतिनिधिको कामको वाच गरिरहेको हुन्छन्। प्रतिनिधिले के बोल्दै छन् हेक्का राख्छन्। केही समय अगाडि सामाजिक सञ्जालका प्रयोगकर्तालाई बकवास भन्दा तपाईँले ट्यापट्याप गरेको भिडियो भाइरल भएको यादै होला।

हुन त मेयर साप, तपाईँलाई विरोध गर्नु नै नहुने रहेछ भन्ने उदाहरण टोल विकास संस्थाको विरुद्धकै अभिव्यक्ति बाटै देखिन्छ। कर बढ्यो, घटाइदेऊ सरकार भनेर टोलका प्रतिनिधिले आफ्नो कुरा राख्दा नगरबाट पैसा लाग्ने, नगरलाई गाली गर्ने? भनेर दिएको अभिव्यक्ति त बहुत गैरजिम्मेवार हो।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्