हरिश–भुवन चन्द पुरस्कार नीर शाहलाई

आइतबार, साउन २१, २०८०

काठमाडौँ– भुवन चैत्य बसुन्धरा फाउण्डेसनले २०७९ सालको हरिश–भुवन चन्द पुरस्कार नीर शाहलाई प्रदान गरेको छ । 

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच सञ्चारमन्त्री रेखा शर्माले शाहलाई उक्त पुरस्कार हस्तान्तरण गरेकी हुन् । त्यस्तै २०७८ सालको हरिश–भुवन चन्द पुरस्कार निर्देशक यादव खरेललाई प्रदान गरिएको छ ।

त्यस्तै, संगीतकर्मी गणेश रसिकलाई २०७८ र अभिनेता शिव श्रेष्ठलाई २०७९ सालको चैत्यदेवी पुरस्कार प्रदान गरिएको छ भने अभिनेत्री मिथिला शर्मालाई २०७८ र अभिनेत्री शर्मिला मल्ललाई २०७९ सालको चेतनारायण–बसुन्धरा भुसाल पुरस्कार प्रदान गरिएको छ । 

पुरस्कारको राशी जनही ५१ हजार रुपैयाँ छ । पुरस्कार हस्तान्तरण कार्यक्रममा मन्त्री शर्माले समाज रुपान्तरणका लागि नेपाल चलचित्र र कलाकारहरुको योगदान निकै महत्वपूर्ण रहेको भन्दै सरकारले कदर गर्ने बताए । यस क्षेत्रको बिकास र जीवन गुजार्ने व्यक्तिहरुका लागि पनि सरकारले उचिक कदम चाल्ने उनले बताइन् ।

२०७५ सालमा स्थापना भएको भुवन चैत्य बसुन्धरा फाउण्डेसनले नेपाली कला संस्कृति, रंगमञ्च, संगीत क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्