आईसीसी विश्वकप छनोट

नेपालले दियो नेदरल्यान्ड्सलाई १६८ रनको झिनो लक्ष्य

शनिबार, असार ९, २०८०

काठमाडौँ– आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगिताअन्तर्गत जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको झिनो लक्ष्य दिएको छ । 

्नेपालले ४४.३ ओभरमै सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए । यस्तै, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान २७ रन जोडे । यसैगरी, भीम सार्कीले २२, गुल्शन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४, कुशल मल्लले १२ रन जोडे ।

त्यस्तै, आरिफ शेख र करण केसी क्रमशः ६ र १ रनमा आउट हुँदा आसिफ शेख ० रनमा आउट भए । ललित राजबंशी ० रनमा अविजित रहे । नेपालका ब्याटर नेदरल्यान्ड्सका बलरसामु निरीह बनेका थिए । 

ब्याटरहरू टिक्न नसकेपछि सन्दीप र गुलशनले पारी सम्हाल्ने प्रयास गरेका थिए । अहिले नेपालले फिल्डिङ गरिहेको छ ।
 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्