नेभिगेशन
अर्थ विविध

नेपालमा विदेशी पर्यटककाे बसाइ अवधि किन घट्यो ?

काठमाडौं - वर्षमा झन्डै १२ लाख पुगेको नेपालको पर्यटक आगमन कोभिड १९ पछि ओरालो लागे पनि पर्यटकको बसाइ अवधि लम्बिएको थियो ।

यसअघिका २ वर्ष पर्यटकको औसत बसाइ अवधि लम्बिएको देखिएको भए पनि अहिले घटेको छ ।

नेपालमा १ दशकको अवधिमा कुनै पनि वर्ष पर्यटकको औसत बसाइ अवधि १५ दिन पुगेको छैन । तर, कोभिड १९ महामारी अवधिका २ वर्ष सन् २०२० र २०२१ मा भने नेपालमा पर्यटकको औसत बसाइ अवधि १५ दिन पुगेको थियो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९र८० अनुसार ती वर्षमा पर्यटकको बसाइ अवधि लम्बिएको छ । तर, महामारी कम भएको र पर्यटक आगमनमा क्रमिक सुधार देखिएको सन् २०२२ मा भने बसाइ अवधि घटेको छ ।

आर्थिक सर्वेक्षणअनुसार सन् २०२२ मा पर्यटकको औसत बसाइ १३ दशमलव १ दिनमा झरेको छ । सन् २०२० र २०२१ मा क्रमशः औसत बसाइ अवधि १५ दशमलव १ र १५ दशमलव ५ दिन रहेको सर्वेक्षणमा उल्लेख छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेकोनेपाल पर्यटन तथ्यांक २०२१ ले पनि पछिल्लो दशकमा ती वर्षहरूमै सबैभन्दा बढी अवधि पर्यटक नेपाल बसेको देखाउँछ ।

अन्य वर्षमा भने औसत बसाइ अवधि १२ देखि साढे १३ दिनसम्म देखिन्छ ।

उनीहरू काठमाडौं, पोखरा, चितवन जस्ता गन्तव्यमा धेरै जाँदा बसाइ अवधि घट्न गयो ।  आर्थिक सर्वेक्षणका अनुसार कुल पर्यटकमध्ये १० प्रतिशत साहसिक पदयात्रा/पर्वतारोहण गर्न आउँछन् । सबैभन्दा बढी मनोरञ्जन, बिदा, यात्राका लागि आउँछन् । त्यस्ता पर्यटकको कुल आगमनमा ६४ दशमलव ७ प्रतिशत अंश रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध