नेभिगेशन
अर्थ विविध

अर्थमन्त्री महतद्वारा विराटनगरस्थित आन्तरिक राजश्व कार्यालय निरीक्षण

विराटनगर– अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार बिहान विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन् । 

‘सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, व्यक्तिगत फाइदा  नहेर्न, आग्रह गर्दै मन्त्री डा महतले निर्देशनको क्रममा भने, ‘कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला ।’

‘अहिले बजेटले करका दायरा फराकिलो बनाएको मन्त्री मतको दाबी छ । ‘यसमा तपाईंहरुले सेवाग्राहीलाई राम्रोसँग बुझाउनुपर्छ, मुल्य अभिवृद्धि कर राजश्वको महत्वपूर्ण पक्ष हो । तरकारी फलफूलको आयातमा मात्र कर लाग्छ,’ उनले थपे, ‘आम उपभोक्ताको लागि मूल्य अभिवृद्धि करको बारेमा बुझाउन जरुरी छ ।’ 

 मन्त्री महतले आमनागरिकलाई दुःख दिने काम नगनै कर्मचारीहरूलाई आग्रह गरे । ‘म राम्रो काम गर्न आएको हुँ, तपाईंहरुले पनि राम्रो काम गरिरहनु भएको छ र अझै राम्रो काम गर्नु होला । आम नागरिकलाई दुःख दिने काम नगर्नु होला,’ उनले भने ।

उच्च मनोबलकासाथ काम गर्न आग्रह गर्दै मन्त्री उनले थपे, ‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला । आगामी आर्थिक बर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नु पर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध