घुससहित वडाअध्यक्ष पक्राउ

शनिबार, असार २, २०८०

बाँके– नेपालगञ्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया रु नौ हजार घुससहित पक्राउ परेका छन् । 

शुक्रबार कवडियासँगै कार्यालय सहयोगी गङ्गाराम बृजवासीलाई रु नौ हजार रकम घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो । 

कृषि अनुदानका लागि सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा घुस रकमसहित वडा कार्यालयबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

उनका अनुसार दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्