नेभिगेशन
सुरक्षा–अपराध

ठाडा मगरले लगाए सशस्त्र एआईजीको फूली

काठमाडौं– सोमबारको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवा गरिएका गणेश ठाडा मगरले बुधबार दज्र्यानी चिन्ह (फूली) लगाएका छन्।

सशस्त्र प्रहरी महानिरिक्षक (आईजी) राजु अर्यालले मगरलाई एक समारोहबीच मुख्यालयमा फूली लगाइदिएका हुन्। 

सोमबारको मन्त्रिपरिषदको बैठकले मगरलाई एआईजीमा बढुवाको सिफारिस अनुमोदन गरेको थियो। मगर एक बर्ष कार्यकाल थपिएका तीन मध्यका एक डीआईजी थिए। 

एआईजी चन्द्रप्रकाश गौतम अवकाश भएपछि रिक्त स्थानमा मगरको बढुवा भएको हो। कम्तिमा अबको दुई बर्षपछिको सशस्त्र आईजीका रुपमा मगरलाई हेरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध