नेभिगेशन
सुरक्षा–अपराध

रास्वपा केन्द्रीय नेतामाथि वडाध्यक्षको समूहद्वारा रड प्रहार, बाल बाल बाँचे

काठमाडौं- वालिङ नगरपालिका–९ स्थित दरबारचोकमा नदी संरक्षण र प्रवर्द्धनका लागि सक्रिय अभियन्ता मेघ आले र रास्वपाका केन्द्रीय नेता दिनकर नेपालमाथि आक्रमण भएको छ।

वालिङ नगरपालिका वडानम्बर १० का वडाध्यक्ष सुनिल खनाल र अर्का एक व्यक्तिले दुबै अभियन्तामाथि फलामको रडले प्रहार गरेको आरोप लागेको छ।

पीडित दिनकर नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाबारे भिडियो सार्वजनिक गर्दै आफूहरू 'आँधीखोला बचाउँ अभियान' अन्तर्गत आयोजित विरोध कार्यक्रम सकेर फर्कंदै गर्दा बाटोमै रोकी कुटपिट गरिएको बताएका छन्।

उनका अनुसार आँधीखोला नदीको दोहन र दुरुपयोगबारे सार्वजनिक रूपमा आवाज उठाएपछि जनप्रतिनिधि स्वयंले नै धम्की दिएका थिए।

नेपालले भिडियोमा भनेका छन्, 'कार्यक्रममा बोल्दा धम्क्याएर हिँडेका थिए। फर्कंदै गर्दा बाटोमा रोकेर फलामको रडले हिर्काए। जनप्रतिनिधिबाटै ज्यानको जोखिम भयो।' उनीहरूले घटनापछि प्रहरी कार्यालयमा उजुरी गरेको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध