महाकाली नदी किनारमा शव फेला

शनिबार, जेठ २७, २०८०

बैतडी– जिल्लामा महाकाली नदी किनारमा आज एक पुरूषको शव फेला परेको छ । 

शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरूषको शव फेला परेको  हो । स्थानीय बासिन्दाले शव देखेपछ प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । 

प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा अहिले प्रहरी टोली घट्नास्थलतर्फ गएको छ ।  
 

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्