नेभिगेशन
अर्थ विविध

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

काठमाडौँ - आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज प्रतितोला ३०० रुपैयाँले बढेर तोलामा १ लाख १० हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार भने सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

काठमाडौँ महानगरको बजेट पारित