नयाँ ब्रोकरका लागि १६ कम्पनीलोई एलओआई (नामसहित)

सोमबार, वैशाख १८, २०८०

काठमाडौं–नेपाल धितोपत्र बोर्डले १६ वटा ब्रोकर कम्पनीलाई आशयपत्र (एलओआई) दिने भएको छ । सोमबार बसेको बोर्डको बैठकले पहिलो चरणमा १६ कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको बोर्डका प्रवक्ता प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए ।

नयाँ ब्रोकरका लागि ४५ कम्पनीले आवेदन दिएका थिए । अब एलओआई पाएका १६ वटामध्ये मापदण्ड पु¥याउने कम्पनीले लाइसेन्स पाउनेछन् ।

स्टक डिलरको नबिल र ब्रोकरसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि मेगा स्टक मार्केटले आशयपत्र अर्थात् एलओआई प्रदान गर्ने निर्णय बोर्डले गरेको हो ।   बाँकी १४ वटाले भने सीमित कार्य गर्नका लागि ब्रोकर लाइसेन्स पाएका छन् ।  

आशयपत्र पाउने कम्पनीहरू 

१. नबिल सेक्युरिटिज – धितोपत्र व्यापारी

२. मेगा स्टक मार्केट – पूर्ण कार्य गर्ने धितोपत्र दलाल

३. हिमालयन ब्रोकेज कम्पनी – सीमित कार्य गर्ने धितोपत्र दलाल

४. सीबीआईएल सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

५. केबीएल सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

६. एनएमबि सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

७. आरबीबी सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

८. सानिमा सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

९. इन्डेक्स सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

१०. सन् सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

११. क्यापिटल म्याक्स सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

१२. भोले गणेश सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

१३. इन्फिनिटी सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

१४. आकाश भैरव सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल्

१५. एलिट स्टक हाउस – सीमित कार्य गर्ने धितोपत्र दलाल

१६. एसपीएसएस सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्