नेभिगेशन
सुरक्षा–अपराध

नेपाल प्रहरीमा रिक्त रहेको डिआइजी बढुवा समितिको बैठक बस्दै

काठमाडौं - नेपाल प्रहरीमा रिक्त रहेका डिआइजीमा आज बढुवा हुने सम्भावना छ । बढुवा समितिको बैठक बस्ने तयारीमा रहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

डिआइजीका १३ पदमा १९ डिआइजीबीच प्रतिस्पर्धा छ । कसलाई बढुवा गर्ने सहमति हुन नसक्दा यसअघि बैठक बस्न सकेको छैन ।

बढुवाको प्रतिस्पर्धामा बरियताका आधारमा जनक भट्टराई, विष्णु कुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, चन्द्रकुबेर खापुङ, अर्जुनचन्द ठकुरी, सुरेन्द्र मैनाली र कृष्णहरी शर्मा पोखरेल अगाडि छन् ।

साथै चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल, मोहनप्रसाद पोख्रेल, विकासराज खनाल, राजेन्द्रसिंह खड्का पनि दाबेदार छन।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध