नेभिगेशन
समाज विविध

राष्ट्रपति रनिङ शिल्डको उपाधि लिखुले जित्यो

नुवाकोट –जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको १२औं संस्करणमा लिखु गाउँपालिका च्याम्पियन बनेको छ । नुवाकोटको चौघडामा सम्पन्न प्रतियोगिताको ६ विद्यामा ९८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । 

जिल्ला खेलकुद विकास समिति नुवाकोटले आयोजना गरेको प्रतियोगितामा ९८ स्वर्ण, ९८ रजत र एक सय २२ कास्य पदकका प्रतिस्पर्धा भएको थियो ।

लिखु १८ स्वर्ण पदकसहित विजेता बन्दा विदुर नगरपालिका उपविजेता र बेलकोटगढी नगरपालिका तेस्रो भयो । उपविजेता विदुरले ६ र तृतीय भएको वेलकोटगढीले ३ स्वर्ण पदक जित्यो । प्रतियोगितामा एथ्ले्टिक्स, भलिबल, तेक्वान्दो, उसु, करातेलगायतका खेलहरू समावेश गरिएको आयोजक खेलकुद विकास समितिका अध्यक्ष सन्तोष राइले जानकारी दिए ।

प्रतियोगितामा विजेता तथा उपविजेतालाई नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध