नेभिगेशन
समाज विविध

रविलाई जेल पठाउने निवेदनको एक नम्बरमा रहेकी न्यौपाने भन्छिन्– व्यक्ति विशेषविरुद्ध उजुरी दिएको छैन

काठमाडौं– बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा हाल पूर्पक्षका लागि जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध प्रहरीले प्रतिवेदनका लागि प्रमुख आधार मानेको निवेदन अझ विवादमा पर्न थालेको छ।

सुप्रिम सहकारीमा रकम जम्मा गरेपछि फिर्ताका लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएकी पूजा न्यौपानेले कुनै व्यक्ति विशेषविरुद्ध उजुरी नदिएको बताएकी छन्। 

सामाजिक सञ्जालमार्फत उनले यसो भनेकी हुन्। 

‘जब सहकारी डुब्यो भन्ने थाहा पाएँ त्यसपछी धेरैपटक पैसा पाईन्छ कि भनेर सहकारी कार्यालय गएर लाईनमा बसें’, न्यौपाने भन्छिन्,‘पछी ईलाका प्रहरी कार्यालय बुटवलबाट पैसा फँसाइएकाहरूले निवेदन दिनु भनेपछि मैले पनि पैसा फिर्ता पाउँ भनेर निवेदन र पासबूकको फोटोकपी लगेर बुझाएको हो। मैले कुनै ब्यक्तिविशेषलाई किटानी जाहेरी वा उजुरी दिएकी छैन।’

न्यौपानेको फेसबुकको स्ट्याटस यहाँ हेर्नुहोस् 
pooja--1747283133.jpg
 

उनको नाम पूरक निवेदनको एक नम्बरमा राखेर प्रहरीले सुप्रिम सहकारी प्रकरणमा लामिछानेविरुद्ध प्रतिवेदन तयार पारेको थियो। सोही प्रतिवेदनका आधारमा अर्का छविलाल जोशी पनि थुनामा रहेका छन्। 

जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न दिएको आदेश उच्च अदालतले उल्टाउँदै लामिछानेलाई थुनामा राख्न भनेको थियो। सोहीअनुसार उनी जिल्ला कारागार (जेल) भैरहवामा रहेका छन्।

यसअघि पनि दुई जनाले निवेदन रकम फिर्ताका लागि दिइएको तर त्यो प्रतिशोधका हिसाबले प्रयोग भएको भनी आपत्ती जनाएका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

देखेको हैदराबाद, भोगेको नेपाल