नेभिगेशन
समाज विविध

शोभाकान्त पौडेल सचिवमा बढुवा

काठमाडौं– सह–सचिव शोभाकान्त पौडेललाई सरकारले सचिवमा बढुवा गरेको छ।

बुधबार राती बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई सचिवमा बढुवाको निर्णय गरेको हो।

पर्यटनमन्त्रालयका सचिव विनोदप्रसाद सिंहको अवकाशपछि सचिव पद रिक्त थियो। सिंह वैशाख २५ गते अनिवार्य अवकाशमा गएका थिए।

पौडेलले भन्सार विभागको महानिर्देशक, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष, धितोपत्र बोर्डको अध्यक्षलगायतको जिम्मेवारी सम्हालिसकेका छन्।

सिफारिस भएर पनि बढुवामा पछि परेका पौडेलबारे सरकारले निर्णय लिएको हो। निजामति प्रशासनमा अझ एक जना सचिव पद रिक्त छ। यसै महिनाभित्र अन्य चार सचिव पद पनि रिक्त हुनेवाला छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध