प्रियंकाको सिरिज ‘सिटाडेल’को ट्रेलर सार्वजनिक [भिडियोसहित]

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ –भारतीय अभिनेत्री प्रियंका चोपडाको बहुप्रतिक्षित हलिउड वेब सिरिज सिटाडेलको ट्रेलर सार्वजनिक भएको छ ।

सिरिजको ट्रेलरमा प्रियंका जासूसको भूमिकामा देखिएकी छन् । सिरिजको कथा प्रियंका र अभिनेता रिचर्ड म्याडेनको वरिपरि घुम्छ जसमा उनीहरूले एजेन्टको भूमिका निभाएका छन् ।

१८५ मिलियन डलरमा निर्माण भएको सिरिजलाई इटाली र भारतमा छायांकन गरिएको हो । विश्व फिल्ममा दोस्रो धेरै कमाउने फिल्म ‘एभेन्जर्स इन्डगेम’का निर्देशक रुसो ब्रदर्सले निर्देशन गरेको ट्रेलर आकर्षक छ ।

थ्रिलर, एक्सन र रोमान्टिक दृश्य समावेश यो सिरिजलाई २४० भन्दा बढी देशमा ओटीटी प्लेटफर्म प्राइम भिडियोले रिलिज गर्न लागेको हो । ट्रेलरमा प्रियंका र रिचर्ड बाहेक स्टेनली टुसी पनि देखिएका छन् । ‘सिटाडेल’ को पहिलो दुई एपिसोड आगामी अप्रिल २८ मा रिलिज हुने भएको छ ।

सिरिजमा रिचर्ड, प्रियंका र स्टेनलीका अलावा लेस्ली म्यानभिल, ओसी इखिले, एस्ले कमिङ्स, रोल्यान्ड मोलर र डेभिक सिल्जे, काओलिन स्प्रिंगल हेन्ड्रिक्सको पनि अभिनय रहेको छ ।

अंग्रेजी भाषा बाहेक यो वेब सिरिज हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नडमा पनि रिलिज हुनेछ ।


 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १५:१९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार