सफलता चाहनेले मानिस जस्ता छन् त्यस्तै स्वीकार गर्न सक्नुपर्छ

शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ – इमानदारीको खास रूपमा यही मतलब हुन्छ, तपाईँ मानिसलाई त्यस्तै रूपमा स्वीकार गर्नुस्, जस्तो छ ऊ । यी माग कहिल्यै नगर्नुस्, ऊ त्यस्तै होस्, जस्तो तपाईँ चाहनुहुन्छ ।
तपाईँ जिन्दगी यो सोचेर आशा गर्दै बिताउनु सक्नुहुन्न कि मानिस बदलेर त्यस्तै हुनेछन् जस्तो तपाईँ चाहनुहुन्छ । मानिसको जिन्दगीको एक आधारभूत फर्मुला यही छ, केही अपवाद छोडेर मानिस बदलिँदैनन् ।
साँचो त यो हो कि दबाबको क्षणमा मानिस बदलिनु त परै जाओस् त्यो कुरालाई लिएर अरू दृढ हुन्छन् जे उनीहरू छन् । यदि कुनै मानिसको व्यक्तित्व जटिल छ भने ऊ विषम परिस्थितिमा अरू पनि जटिल मानिस हुनेछन् ।
यदि कुनै अडियल या लचिलो छ भने जब उसमा दबाब दिइने छ तब ऊ अरू धेरै अडियल या लचिलो बन्ने छ । यदि कुनै व्यक्ति केही बेइमान छ भने जब उसमा दबाब दिइन्छ या फेरि उसलाई उक्साइन्छ, तब ऊ पूर्ण रूपमा बेइमान बन्ने छ । मानिस बदलिँदैनन् ।
साभार: ‘सोच बदलौँ, जिन्दगी बदलौँ’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:१७
प्रतिक्रिया दिनुहोस्