नेभिगेशन
जीवनयापन

अमेरिकामा मेरो न ऋण छ, नत सम्पत्ति : रवि लामिछाने

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अमेरिकामा आफ्नो ऋण र सम्पत्ति केही पनि नरहेको बताएका छन् । आफूविरुद्ध आलोचना बढ्दै गएपछि मंगलबार लामिछानेले सामाजिक सञ्जालमार्फत अमेरिकामा ऋण/धन केही नरहेको जवाफ दिएका हुन् ।

‘अमेरिकामा न मेरो ऋण बाँकी छ न सम्पत्ति नै’, उनले लेखेका छन् । यो दुनियाँमा आफूविरुद्ध कुनै मुद्दा नभएको उनले बताएका छन् । ‘थाहा पाए पूर्वजन्मको समेत तिर्छु’, उनले भनेका छन् । रविकी पूर्व पत्नी सन्तानसहित अमेरिकामा छिन् भने नेपालमा उनले दोस्रो बिहे गरेका छन् ।

अमेरिकाबाट फर्केपछि ‘सीधा कुरा जनतासँग’ टेलिभिजन कार्यक्रमबाट चर्चा कमाएका लामिछानेले पछिल्लो समय ‘ग्यालेक्सी टेलिभिजन फोर के’मा ‘सीधा कुरा’ कार्यक्रम चलाएका थिए । तर सञ्चारकर्म नै छाडेर लामिछाने हालै राजनीतिमा होमिएका छन् ।

    https://twitter.com/hamrorabi/status/1556940722040737792?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1556940722040737792%7Ctwgr%5Eba04494ce3bc072390d7fd1daa2d838f5b6434c3%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fnepalkhabar.com%2Fpolitics%2F139565-2022-8-9-18-51-54
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै