नेभिगेशन
जीवनयापन

प्रचण्डका आदर्श माओले जीन्दगीभरी माझेका थिएनन् दाँत, कारण के थियो?

काठमाडौं– नेपालमा माओत्सेतुङकै नाममा पार्टी स्थापना गरी हालसम्म सत्ता र प्रतिपक्षमा छन्, पुष्पकमल दाहाल प्रचण्ड। 

प्रचण्डको जीवनशैली पश्चिमा प्रवृत्तिको छ। बेलामौका अभियानका नाममा विभिन्न समुदायमा खाना खाएको, एकाबिहानै ब्रस लिएर दाँत माझेकोलगायत मर्निङ वाक गरेको भिडिओ छ्यापछ्याप्ती पाइन्छन्।

तर तिनै प्रचण्डले जसले पार्टीको नाममा ‘माओ’ भन्ने फुर्को जोडेका छन्। उनै माओले भने जीन्दगीभरी दाँत माझेका रहेनछन्।

चिनियाँ कम्युनिस्ट क्रान्तिका नेता थिए, जसले १९४९ मा जनवादी चीनको स्थापना गरे। उनी बौद्धिक, आदर्शवादी र अनुशासनप्रति कठोर मानिएका व्यक्ति भए। 

उनको निजी जीवनका केही पक्षहरू निकै अनौठा थिए। तीमध्ये एक हो—उनी जीवनभर दाँत नमाझ्ने व्यक्ति हुनु।

माओत्सेतुङले दाँत कहिल्यै ब्रस गरेनन् भन्ने कुरा उनका निजी चिकित्सक र सहयोगीहरूले पुष्टि गरेका छन्। उनका निजी चिकित्सक डा. ली चिह–सुईको आत्मकथामा उल्लेख अनुसार माओले दाँत सफा गर्नको सट्टा ‘चिया’ ले कुल्ला गर्थे। 

यसो नर्गुको कारणमा माओ भन्थे, ‘बाघले दाँत माज्दैन, तर उसको दाँत बलियो हुन्छ।’ 

उनले आफ्नो आदर्शलाई प्राकृतिक जीवनशैलीसँग जोडेर दाँत माज्न आवश्यक नठानेको देखिन्छ।

माओको विचारमा पश्चिमी शैलीका जीवनशैली (जस्तै ब्रस गर्ने, डेन्टल हाइजिन) ‘बुर्जुवा’ प्रवृत्ति थिए। उनले प्रायः आफ्ना अनुयायीहरूलाई पनि परम्परागत, सरल र ‘आदर्श क्रान्तिकारी’ जीवनशैली अपनाउन आग्रह गर्थे। त्यसैले उनी व्यक्तिगत रूपमा पनि त्यस्ता अभ्यासहरूबाट टाढा रहन चाहन्थे।

उनको दाँत अत्यन्तै पियरो, बाक्लो कालो पत्रले ढाकिएको र गन्हाउने थिए भन्ने विवरणहरू लेखिएका छन्। चिकित्सकहरू र सहयोगीहरूले दाँत माज्न आग्रह गर्दा माओ रिसाउँथे र उनीहरूलाई आफ्नो विश्वासविरुद्ध बोल्न नदिने गर्थे।

मृत्यु भएपछि पनि उनको शवनजिक जाँदा दाँत निक्कै गन्हाउने गरेको बताइन्छ। माओको दाँत हरिया भैसकेका थिए।

यो व्यवहारले माओको क्रान्तिकारी सोच र व्यक्तिगत अडानबीचको फरक दृष्टिकोण उजागर गर्छ। एकातर्फ उनी लाखौं जनतालाई अनुशासन र त्यागको सन्देश दिन्थे, अर्कोतर्फ निजी जीवनमा केही अडानहरूमा जिद्दी र अनौठा बानी अंगाल्थे।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना