नेभिगेशन
समाचार

नयाँ मन्त्रीहरुको सपथ बिहीबारसम्म हुन्छ : मेटमणि चौधरी

काठमाडौँ - सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को तर्फबाट शहरी विकासमन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले बिहीबारसम्ममा नयाँ मन्त्री पदहरुको सपथ ग्रहण हुने बताएका छन् ।

आज (बुधबार) को प्रतिनिधि सभाको बैठकका लागि नयाँबानेश्वरस्थित संसद भवनमा पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री पदको सपथ ग्रहण बिहीबारसम्ममा हुने बताए । उनले बुधबार नै सपथ ग्रहण हुनसक्ने सम्भावना रहेको पनि बताएका छन् । उनले जनता समाजवादी पार्टीले पार्टीको आन्तरिक समस्या सम्बोधन गर्नका लागि केही दिन समय मागेका कारण एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस भएकाहरुको सपथग्रहण रोकिएको बताएका छन् । सांसद चौधरीले पार्टीले गरेको निणर्य कार्यान्वयन हुने बताए ।

उनले माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पनि मन्त्री हेरफेर गर्ने दबाब रहेको भन्दै सबै पार्टीले एकैपटक सपथ गराउनका लागि सपथ ग्रहण पछि सार्न पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि सहमत भएको बताएका छन् । उनले मन्त्रिपरिषद् हेरफेर गर्ने नेकपा (एकीकृत समाजवादी) को निणर्यलाई अपरिपक्व भन्न नमिल्ने दावी गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार