सुदूरपश्चिममा मुख्यमन्त्री साेडारीले विश्वासको मत लिन बाेलाइएकाे प्रदेश सभा बैठक स्थगित

शनिबार, वैशाख २२, २०८१

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ बहादुर साेडारीले विश्वासको मत लिने प्रयाेजनका लागि दाेस्रोपटक शनिबार बाेलाइएकाे बैठक पनि स्थगित भएको छ ।

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै शनिबार साँझ साढे ५ बजे बाेलाइएकाे बैठक अर्को सूचना जारी नभएसम्मका लागि भन्दै अनिश्चितकाललाई स्थगित गरेको हो ।

सत्तारूढ नेकपा एमालेले मुख्यमन्त्री साेडारीले सल्लाह बिना विश्वासको मत लिन हतार गरेकाले तत्काल सम्भव नहुने अडान लिएपछि शुक्रबार पनि प्रदेश सभाको बैठक स्थगित गर्दै  शनिबार लिने तयारी थियो ।

तर एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र  प्रमुख सचेतक नेतृत्वसँग सल्लाह गर्ने भन्दै काठमाडौं हिडेपछि प्रदेशसभा बैठक  अनिश्चितकाललाई सारिएको हो ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्