नेभिगेशन
समाचार

फोहोर माथिको राजनीति डरलाग्दो, यसलाई अर्थोपार्जन र समृद्धिसँग जोडौँ - प्रदीप पौडेल

काठमाडौं -नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं उपत्यकाको फोहर व्यावस्थापनमा आआफ्नो ठाउँबाट सबैले सहयोग गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पौडेलले महानगरको फोहोरको समस्या हामी सबैको साझा समस्या रहेको बताए । फोहोर माथिको राजनीति र अर्थशास्त्र पनि उत्तिकै डरलाग्दो रहेको भन्दै उनले यसका विविध आयामहरुको अध्ययन गर्दै फोहोरलाई अर्थोपार्जन र संवृद्धिसँग पनि जोड्ने पहल गर्नुपर्ने बताए । उनले भने - 'महानगरको फोहोरको समस्या हामी सबैको साझा समस्या हो, यसले पार्ने वातावरणीय प्रभावको असरबाट कोहि पनि मुक्त छैन।फोहर व्यावस्थापनमा जसले जहाँबाट जति सकिन्छ सहयोग गरौं।फोहरको प्रकृति हेरेर वर्गिकरण गरौं।यो हाम्रा लागी हामीले गर्नुपर्ने काम हो।त्यसैगरि, फोहर व्यावस्थापन स्थलका स्थानियहरुको माग र समस्याहरुको समाधान गरौं, उहाँहरूसँगका सम्झौताहरु पालना गरौं।अझ हामीले बुझ्दै आएको फोहोर माथिको राजनीति र अर्थशास्त्र पनि उत्तिकै डरलाग्दो छ।त्यसैले यसका विविध आयामहरुको अध्ययन गर्दै फोहोरलाई अर्थोपार्जन र संवृद्धिसँग पनि जोड्ने पहल गरौं ।' उनले थपे - ' उदाहरणको लागि प्लास्टिकको प्रयोग बिभिन्न उपाएले गर्न सकिएला, कुहिने वस्तुहरुलाई मल र उर्जामा रुपान्तरण गर्न सकिएला, धातु र कागज लगायतका वस्तुलाई पुनर्उपयोग गर्न सकिएला ।फोहर भित्रका यि सकारात्मक पक्ष तथा यसको दिर्गकालिन समाधानका विषयमा काठमाण्डौं महानगर तथा सहरी विकास मन्त्रालय दुवै सकरात्मक देखिएका छन् हामी सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरेको खण्डमा अवश्य नै यो अभियानले सार्थकता पनि पाउनेछ ।'
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार