नेभिगेशन
समाचार

हामीलाई र्‍याल सिंगान काढ्ने प्रधानमन्त्री चाहिएको छैन - योगेश भट्टराई

काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले ७० वर्ष नाघेकाहरू कुनै पनि राज्यका निकायमा चुनावमा उठ्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता भट्टराईले सो कुरा उठाएका हुन् । उनले संविधानका केही विषयमा अब संशोधन गर्नुपर्ने भन्दै उनले ७० वर्ष नाघेकाहरू कुनै पनि राज्यका निकायमा चुनावमा उठ्न नपाउने व्यवस्था गर्नुपर्ने बताए । उनले भने - '६५ अथवा ५८ वर्षमा अवकाशका प्रणाली राखेको छौँ । तर, राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ । अब ७० वर्ष नाघेका मानिसहरू कुनै पनि राज्यका निकायमा चुनावमा उठ्न नपाउने व्यवस्था गर्नेकी ?' हामिलाई र्‍याल सिंगान काढ्ने प्रधानमन्त्री नचाहिएको भन्दै उनले काम गर्ने प्रधानमन्त्री हुनुपर्ने बताए । राजनीतिमा पनि अवकाशका लागि उमेरहदको व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार