नेभिगेशन
समाचार

मल उपलब्ध नगराए किसानको आँशुले पोल्छ - गगन थापा

काठमाडौं - नेपाली कांग्रेस महामन्त्री गगन थापाले सरकारले मल उपलब्ध नगराए किसानको आँशुले पोल्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा विनियोजनक विधेयकमाथिको छलफलको क्रममा सांसद थापाले सो कुरा गरेका हुन् । उनले किसानलाई समयमा नै मल उपलब्ध गराउन नसक्नु सरकार र राजनीतिज्ञको सामूहिक असफलता भएको बताएका छन् । सरकारले किसानलाई मल नदिने र सीमापारबाट ल्याएको मल खोसेर बहादुरी देखाउने काम गरेको उनको भनाई छ । सरकारले मल उपलब्ध गराउन नसक्दा पीडा भोगेका किसानको आँशुले पोल्ने पनि उनले बताए । उनले भने - 'पैसा छ । मल छैन । पैसा भएर पनि मल आयात गर्न वर्षौंदेखिको संरचना अब परिवर्तन गर्नुपर्छ'
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार