नेभिगेशन
समाचार

जिसस तेह्रथुममा गठबन्धनका उम्मेदवार विजयी

तेह्रथुम–जिल्ला समन्वय समिति तेह्रथुमको प्रमुखमा गुमानसिंह इस्बो विजयी भएका छन् । नेपाली कांग्रेस, एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच गरिएको गठबन्धनका उम्मेदवार इस्बोले एमालेका उम्मेदवार इश्वर खत्रीलाई हराएका हुन् । इस्बो नेकपा एकीकृत समाजवादीका नेता हुन् । यस्तै उपप्रमुखमा कांग्रेसका श्री कार्की विजयी भए । उनले एमालेका पवित्रा कार्कीलाई हराए । जिससका सदस्यहरूमा शान्ता तामाङ, कल्पना बिक, डिकबहादुर बिक, हर्कप्रसाद लिम्बू, फुर्बा शेर्पा, दिलप्रसाद लिम्बु र निस्मा मगर विजयी भएका छन् । उनीहरू सबै गठबन्धनका उम्मेदवार हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार