नेभिगेशन
समाचार

बजेट केही मान्छेको भुँडी सुधार्ने खालको - चौधरी

काठमाडौं - नेकपा एमालेकी सचेतक शान्ता चौधरीले आउँदो आर्थिक वर्षको बजेट केही मान्छेको भुँडी सुधार्ने खालको बजेट देखिएको बताएकी छिन् । सोमबार प्रतिनिधि सभामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बजेटमाथिको छलफलमा उनले सो कुरा गरेकी हुन् । उनले अहिलेको बजेट भूमि व्यवस्थालाई सुधार्ने भन्दा केही मान्छेको भुँडी सुधार्ने खालको बजेट देखिएको बताइन् । उनले बजेटले जनताको आँखामा चाहिँ छारो हाल्ने काम मात्र गरेकाृ पनि बताइन् । उनले भनिन् -'भूमि व्यवस्थालाई सुधार्ने भन्दा केही मान्छेको भुँडी सुधार्ने खालको बजेट देखियो । '
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार