नेभिगेशन
समाचार

एमालेबाट निस्कासित मिश्र पत्नी कबितासहित कांग्रेसमा प्रबेश गरे

काठमाडौं - नेकपा एमालेका नेता खेम मिश्र पत्नीसहित नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गाउँपालिका अध्यक्षमा बागी उम्मेदवार बनेका मिश्रलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रबेश गराएका हुन् । एमालेले बागी उम्मेदवारी दिएपछि निष्कासन गरेका ओखलढुंगाको चम्पादेवी गाउँपालिका कमिटीका पूर्व अध्यक्ष समेत रहेका मिश्र र उनकी श्रीमती कविता रामहरि खतिवडाको पहलमा काँगेस प्रबेश गरेका हुन् । गएको स्थानीय तह निर्वाचनमा मिश्रले टिकट नपाएपछि खरायो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार