नेभिगेशन
समाचार

तत्काल मन्त्री नफेरिने

काठमाडौं – सरकारमा रहेका नेकपा एकीकृत समाजवादी पाटीका मन्त्रीहरु तत्काल नफेरिने भएका छन् । सोमबार बसेको सत्ता गठबन्धनको बैठकले अहिले मन्त्री परिवर्तन नगर्ने निर्णय गरेसँगै एकीकृत समाजवादीका मन्त्री नफेरिने भएका हुन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतको सहभागीमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले केही समयपछि मात्र मन्त्री फेर्ने निर्णय गरिएको एक नेताले बताए । एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गर्दै नयाँ नाम पनि सिफारिस गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार