नेभिगेशन
समाचार

पुरुष पनि पीडित छन्, जोसुकै दोषी भए पनि कारबाही हुने कानुन बनाऔं - गंगा चौधरी

काठमाडौं - नेकपा एमालेकी सांसद गंगा चौधरीले महिला वा पुरुष जोसुकै दोषी भए पनि कारबाही हुने गरी कानुन बनाउनुपर्ने बताएकी छिन् । आइतबार प्रतिनिधिसभाको बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि भएको छलफलमा सांसद चौधरीले सो कुरा गरेकी हुन् । यौन हिंसाका घटनामा पुरुषहरु पनि पीडित भइरहेको बताउद उनले पीडक उम्कन नपाउने गरी हदम्याद राखिनुपर्ने र पुरुष पनि पीडित बनेका घटनालाई मध्यनजर गरेर कानुन बनाउनुपर्ने बताइन् । उनले भनिन् - 'पुरुष पनि पीडित छन् भन्ने कुरा भुल्नु हुँदैन । निर्देष पुरुष नफस्ने गरी कुन कुन अवस्थाका लागि हदम्याद राख्ने भन्ने विषयमा ख्याल गर्नुपर्ने उनको भनाई छ ।' उनले मन मिलेसम्म लभ र नमिले बलात्कारको आरोप लगाएर जेल हालेको सदनमै पूर्वसभामुखको घटना हेरेको पनि उनले बताइन् । उनले भनिन् - 'मन मिलेसम्म ’लभ’ र नमिलेपछि ’रेप’को संज्ञा दिने रु सम्मानित सदनमा बसेका पूर्वसभामुखको घटना पनि हेरेका छौं । बलात्कारको संज्ञा दिएर ६ महिना जेल कोचियो । यो कुरा हामीले भुल्नु हुँदैन ।'
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार