आज मलेसिया र पपुवा न्युगिनी भिड्दै

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ - त्रिदेशीय टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज मलेसिया र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदैछ । चौथो खेलमा मलेसियाले पपुवा न्युगिनीसँग खेल्न लागेको हो । टियु क्रिकेट मैदानमा हुने खेल साढे १२ मा सुरु हुनेछ । आज मलेसिया दोस्रो जित निकाल्ने योजनामा हुनेछ । मलेसिया पपुवा न्युगिनीलाई हराएर फाइनल यात्रा तय गर्न चाहन्छ । पपुवा न्युगिनी भने पहिलो जितको खोजीमा हुनेछ । तर, फराकिलो अन्तरले जित निकाल्न सके पपुवा न्युगिनीको पनि फाइनल पुग्ने सम्भावना कायमै रहने छ । सिरिज अन्तर्गत नै भएको पहिलो भेटमा मलेसियाले पपुवा न्युगिनीलाई ८ रनले हराएको थियो । नेपाल भने लगातार ३ खेल जित्दै फाइनल पुगिसकेको छ ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:२७
प्रतिक्रिया दिनुहोस्