नेभिगेशन
खेलकुद

काठमाडौं गोर्खाजको प्रशिक्षकमा मोन्टी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक मोन्टी देसाई नेपाल प्रिमियर लिग (एनपीएल)का लागि काठमाडौं गोर्खाजको प्रशिक्षक नियुक्त भएका छन् ।

काठमाडौं गोर्खाजले सामाजिक सञ्जालमार्फत देसाईलाई प्रशिक्षकमा नियुक्त गरिएको जानकारी गराएको हो ।

प्रशिक्षक नियुक्त भएपछि देसाईले केही यात्रा कहिल्यै समाप्त नहुने बताउँदै नेपाल र नेपाली क्रिकेट आफ्नो मनमा सधैं रहिरहेको बताए । देसाईको प्रशिक्षणमा नेपाली क्रिकेट टोलीले सन् २०२३ को एसिया कप तथा सन् २०२४ को टी-२० विश्वकप खेलेको थियो ।

गोर्खाजले आगामी सिजनका लागि करण केसी, भीम शार्की, शाहब आलम, दिपेश कँडेल, प्रतीक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको छ । एनपीएलको दोस्रो संस्करणका लागि अगस्टमा मिनी अक्सन हुने तालिका छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद