नेभिगेशन
खेलकुद

अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर शिनवारीको निधन, एनपीएल समेत खेलाएका थिए

काठमाडौं– अफगानिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको सोमवार राती निधन भएको छ।

उनले नेपाल प्रिमियर लिग (एनपिएल) मा समेत अम्पायरिङ गरेका थिए।

अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर शिनवारीको मृत्यु पुष्टि गरेको हो। 

४१ वर्षको उमेरमा निधन भएका शिनवारीले ३४ ओडिआई तथा २६ टि ट्वान्टी आईमा अम्पायरको भूमिका निर्वाह गरिसकेका थिए।

‘एसिबीका नेतृत्व, कर्मचारी र सम्पूर्ण अफगान क्रिकेट परिवार अफगानिस्तानको एलिट अम्पायरिङ प्यानलका सदस्य शिनवारीको निधनमा स्तब्ध र दुःखी छन्,’ एसिबीले पुष्टि गर्दै जानकारी दिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद