नेभिगेशन
खेलकुद

पोर्चुगल र पोल्यान्ड फिफा विश्वकपमा छनोट

काठमाडौँ - पोर्चुगल र पोल्यान्ड फिफा विश्वकपका लागि छनोट भएका छन् ।

युरोपेली प्ले अफमा पोर्चुगलले नर्थ मेसेडोनिया र पोल्यान्डले स्विडेनलाई समान २–० ले हराउँदै कतारमा यसै वर्ष हुने विश्वकपका लागि छनोट भएका हुन् ।

यूईएफए छनोट अन्तर्गत मंगलबार राति भएको प्ले अफ फाइनलमा नर्थ म्यासेडोनियालाई २-० गोल अन्तरले हराउँदै पोर्चुगलले विश्वकपको यात्रा तय गरेको हो ।

पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोल गरे । खेलको ३२ औं मिनेटमा फर्नान्डेजले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६५ औं मिनेटमा फर्नान्डेजले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-० को जित दिलाए ।

पोर्चुगल लगातार छैटौं पटक विश्वकपमा छनोट भएको हो ।

पोल्यान्डको जितमा भने रोबर्ट लेवनडोस्कीले पेनाल्टीबाट पहिलो गोल गरेपछि पिटर जिलिन्स्कीले दोस्रो गोल थपे ।

अफ्रिकाबाट भने त्यहाँको च्याम्पियन सेनेगल, क्यामरुन, घाना, मोरक्को र ट्युनिसिया विश्वकपका लागि छनोट भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद