नेपाली राष्ट्रिय टिमले थाइ क्लबको सामना गर्दै

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण फुटबलमा आज थाइल्याण्डको क्लब चोनबरी एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले चोनबरीसँग उसैको घरेलु मैदानमा नेपाली समय अनुसार ५:४५ बजे प्रतिस्पर्धा गर्नेछ ।

नेपालले यस अघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल २-० ले पराजित भएको थियो ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्याण्ड गएको हो ।

एसियन कप छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।

नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:२७
प्रतिक्रिया दिनुहोस्