नेभिगेशन
सुरक्षा–अपराध

कञ्चनपुरमा मृत भेटिइन् १८ बर्षिया सम्झना भट्ट, हत्याको आशंका भएपछि पति पवन प्रहरी केरकारमा

काठमाडौं– कञ्चनपुरको बेलडाँगी गाउँपालिका–२ का पवन भट्टमाथि पत्नीलाई यातना दिएको र हत्या गरेको आशंकाको आरोप लागेपछि प्रहरीले समातेको छ।

१८ वर्षीया सम्झना भट्ट आइतबार साँझ झुन्डिएको अवस्थामा घरमै मृत फेला परेकी थिइन्। पवन उनका पति हुन्। 

सम्झनालाई घरमा कुटपिट हुने गरेको र शरिरमा घाउचोटसमेत देखिएको आरोप माइती पक्षको छ। प्रहरीले पनि मृतकको शवको प्रकृतिलाई लिएर घटनालाई शंकास्पद मानेको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको शरीरमा ठूलो बाहिरी चोट नदेखिए पनि नंग्य्रयाएका जस्ता चोटपटक देखिन्छ।

माइती पक्षलाई पनि प्रहरी कार्यालयमा बोलाएर बुझ्ने काम प्रहरीले गरिरहेको छ। 

सम्झना र पवनबीच गत फागुनमा मात्रै प्रेम विवाह (लभ म्यारिज) भएको थियो। विवाहपछि छोरीलाई ज्वाइँले मानसिक र शारीरिक यातना दिँदै आएको आरोपसमेत माइती पक्षको छ। 

मृतक किशोरी कक्षा १२ मा अध्ययनरत थिइन्। उनको शव पोस्टमार्टमको लागि महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध