नेभिगेशन
सुरक्षा–अपराध

प्रहरीको अर्को उदाहरणीय लय यस्तो पनि रहेछ, खोटाङमा गरियो

खोटाङ– ‘भिक्टिम रिभिजिट’ भन्नाले अपराध वा दुर्घटनाका पीडितहरूलाई न्याय प्रणालीसँग पुनः सम्पर्क गराउने, उनीहरूको अवस्थाबारे जानकारी लिने, आवश्यक परेमा सहयोग र परामर्श उपलब्ध गराउने एउटा कार्यक्रमलाई जनाउने गर्छ। 

जिल्ला प्रहरी कार्यालय खोटाङले यो कार्यक्रम चलाएको छ। 

यस्तो कार्यक्रम खासगरी पीडित–केन्द्रित दृष्टिकोणबाट सञ्चालित हुन्छ जसको उद्देश्य पीडितको पुनस्र्थापना, मनोवैज्ञानिक अवस्था सुधार, र न्यायप्रति विश्वास बढाउनु हो।

अपराध वा दुर्घटनापछि पीडितहरू कस्तो अवस्थामा छन्, उनीहरूले अझै पनि सहयोगको आवश्यकता राख्छन् कि राख्दैनन् भन्ने बुझिएको छ।

कतिपय अवस्थामा पीडितहरू न्यायिक प्रक्रिया, बयान, अदालत वा अनुसन्धानको क्रममा त्रसित वा अल्मलमा पर्न सक्छन्। पुनः सम्पर्क गरी उनीहरूलाई मार्गदर्शन प्रदान गरिन्छ। यसबारेमा खोटाङ प्रहरीले जानकारी राखेको हो।528453008_1071624681766721_8256255403239304873_n-1754369264.jpg
परामर्शदाता वा मनोवैज्ञानिकद्वारा मानसिक सशक्तिकरण गर्न सकिन्छ। साथै, सामाजिक पुनस्र्थापनामा पनि सहयोग हुन्छ, यस्तो कार्यक्रमले।

प्रहरी, प्रशासन वा न्याय प्रणालीप्रति पीडितको गुमेको विश्वासलाई पुनस्र्थापित गर्न यस्ता कार्यक्रम सहयोगी हुने विश्वास गरिन्छ। स्थानीयले पनि सोही प्रकारको प्रतिक्रिया दिएको पाइन्छ।

पीडितसँग पुनः सम्पर्क गर्ने, गोप्य अन्तरवार्ता र फिडब्याक संकलन गर्ने, आवश्यकता अनुसार मनोपरामर्श सेवा दिने, सुरक्षा अवस्था मूल्यांकन गर्ने, कानुनी सहायता उपलब्ध गराउने काम गरिएको प्रहरीले जनाएको छ।

प्रहरीको यस्तो कामले पीडितको मानसिक र सामाजिक पुनस्र्थापना, अपराधबारे गहिरो बुझाइ र अनुसन्धानमा सुधार, न्यायिक प्रक्रियामा सुधार, समाजमा विश्वासको वातावरण सिर्जना हुने विश्वास गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध