नेभिगेशन
सुरक्षा–अपराध

पक्राउ पूर्जी जारी भएपछि तारकेश्वर–११ का अध्यक्ष बस्नेत प्रहरी परिसरमा, घटना यस्तो थियो

काठमाडौं– पक्राउ पूर्जी जारी भएका तारकेश्वर नगरपालिका–११ का वडाध्यक्ष कविराज बस्नेतलाई प्रहरीले बयान लिएको छ।
जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा उनको बयान लिइएको हो।

तारकेश्वर नगरपालिका र काठमाडौं महानगरपालिकाबीच सीमा विवाद वर्षौदेखि रहँदै आएको छ। 

सोही क्रममा काठमाडौं– १६ को साँध बालाजुस्थित महादेव खोलामा पर्खाल निर्माणको क्रममा गत असार २३ गते दुईतिरका स्थानीयबीच झडप भएको थियो। 

उक्त झडपको विषयलाई लिएर वडाध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो। उनी पनि निवेदन लिएर पुगेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध