नेभिगेशन
सुरक्षा–अपराध

‘प्रहरी मेरो साथी’का जन्मदाता ‘किलो वान’

काठमाडौं– जिल्ला प्रहरी परिसरका प्रमुख अर्थात् ‘किलो वान’ बरिष्ठ उपरिक्षक (एसएसपी) विश्व अधिकारी शान्ति सुरक्षाका निम्ति खरो भएर उत्रिएका छन्। 

त्यसका लागि मुलुकको राजधानी जस्तो सहरमा सल्बलाउन थालेको त्रासदी र गुन्डागर्दी नियन्त्रणमा उनी खरो रुपमा उत्रिएका छन्।

दुई दिनको दौरानमा एक सयभन्दा बढी जनालाई गुन्डागर्दीमा लागेर त्रास फैलाउन सक्ने भएपछि नियन्त्रणमा लिएका थिए। 

खासगरी महाराजगञ्ज क्षेत्रका गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन र इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैंटे’ समूहमा रहेका युवराज गुरुङ ‘सानोभाई’लाई पक्राउ गरेपछि उनको चर्चा ह्वात्त बढेको छ।

अधिकारीले परिसर र उपत्यका अपराध अनुसन्धानका प्रमुख एसएसपी रमेश थापाको संयुक्त समन्वयमा गुन्डागर्दी नियन्त्रण गरी राजधानीलाई शान्तिपूर्ण राख्ने अभियान चलाइएको छ।

एसएसपी अधिकारीले भनेका छन्,‘राजधानीलाई त्रासदीको होइन, राजधानी जस्तो शान्त सहर बनाउन आवश्यक छ।’

यस क्रममा चक्रे मिलनसहित उक्त समूहका कतिपयलाई ७ दिन प्रहरी थुनामा राखी अनुसन्धान गर्ने अनुमति समेत लिइसकेका छन्।

चक्रे मिलनसहित १९ जनालाई सार्वजनिक हितविरुद्धको कसुरमा प्रहरीले थुनामा राखेर अनुसन्धान अघि बढाएका हुन्। 

बिहीबार राति चक्रेको जन्मदिन मनाउने नाममा काठमाडौंको महाराजगञ्जस्थित साम्बाला होटल नजिकको क्षेत्रमा गरिएको होहल्ला, सडकमा भिड जम्मा गरी केक काट्ने र स्कर्टिङजस्ता गतिविधिका कारण उनीहरू पक्राउमा परेका हुन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार समातिएका ४७ मध्ये चक्रे मिलन समूहका १९ जनाविरुद्ध अभद्र व्यवहार र शान्ति सुरक्षामा खलल गरेको आरोपमा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। 

प्रहरीका अनुसार बाँकी २८ जनालाई स्क्रिनिङपछि प्रमाण अभावका कारण छाडिएको हो।

पक्राउ परेका १९ जनामा चक्रे मिलनसँगै गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही छन्।

अधिकारीका अनुसार, प्रहरीले बिहीबार मात्रै काठमाडौंका विभिन्न स्थानबाट १०४ जना नियन्त्रणमा लिएकोमा चक्रे समूहका ४७ जना समातिएका थिए।

अधिकारी नेपाल प्रहरीको नारा ‘प्रहरी मेरो साथी’का जन्मदाता पनि हुन्। एसएसपीमा एक नम्बरमा बढुवा हुनासाथ उनको पहिलो इन्चार्ज भएर पोस्टिङ परिसरमा भएको थियो। 

उनी यसअघि प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखमा एसएसपी रमेश बस्नेतलाई सरुवा गरिएको थियो। दुवैको समन्वयमा अब्बल रुपमा काम भैरहेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध