नेभिगेशन
सुरक्षा–अपराध

साम्बालामा जन्मदिन मनाउँदै थिए चक्रे मिलन, प्रहरी पुगेपछि....

काठमाडौँ । गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) गएराति पक्राउ परे । महाराजगन्ज स्थित होटल साम्बालाबाट उनी पक्राउ परेका हुन् ।

बिहीबार चक्रे मिलन आफ्नो जन्मदिन मनाउन साम्बालामा पुगेका थिए । त्यति नै बेला जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली त्यहाँ गएका हुन् ।

मिलनसहित उनका सहयोगीलाई त्यहाँबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । प्रहरीले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्न ४७ जनालाई पक्राउ गरेको छ ।

मिलन २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध