नेभिगेशन
समाज विविध

मुटुका बिरामी मौसमलाई पौने पाँच लाख आर्थिक सहयोग

काठमाडौं- एकजना मुटुका बिरामीलाई पौने पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

मुटुको रोगका कारण लामो समयदेखि सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारत भोजपुर नगरपालिका-११ आम्तेकका २६ वर्षीय मौसम राईलाई ४ लाख ७४ हजार आर्थिक सहयोग आइतबार हस्तान्तरण गरिएको हो ।


उक्त सहयोग रकम मलेशियामा रहेका गंगा राई,कोरियामा रहेका भबिन्द्र राई र  केदार राईको पहलमा नेपालसहित विभिन्न देशबाट संकलन गरिएको हो । विदेशमा दक्षिण कोरिया र बेलायतसहितका प्रवासी नेपालीहरूले पनि सहयोग रकम पठाएका थिए ।

मौसमको उपचारका लागि नेपालका सहयोगी, शुभेच्छुक, बेलायतमा रहेका आफन्त र दक्षिण कोरियासहित विभिन्न देशमा बस्ने नेपालीले उक्त सहयोग रकम दिएका हुन् ।

उक्त सहयोग रकम केदार राईले मौसमका दाजु मिथुनलाई गंगालाल हृदयरोग केन्द्रमै पुगेर हस्तानतरण गरेका हुन् ।

मौसमको उपचाराको लागि  नेपालसहित विभिन्न देशमा आर्थिक सहयोग संकलन अभियान चलाइएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध

मधेशमा डिपबोरिङ जडान सुरु