नेभिगेशन
अर्थ विविध

चालीस अर्ब बढीको मोबाइल र ल्यापटप आयात

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–०८२ मा नेपालमा ४० अर्ब बढीको मोबाइल र ल्यापटप आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा नेपालमा मूल्य बराबरको मोबाइल, ल्यापटप र स्मार्टवाच आयात भएको हो ।

विभागको तथ्यांकअनुसार गत आवमा नेपालमा २१ लाख ८४ हजार ६ सय ९४ थान मोबाइल फोन ३५ अर्ब ५४ करोड ७३ लाख ४२ हजार रुपैयाँमा आयात भएको थियो । जसबाट सरकारले ६ अर्ब ६२ करोड ७६ लाख ३७ हजार रुपैयाँ भन्सार राजस्व आम्दानी गरेको छ ।

त्यस्तै, सोही आबमा नेपालमा आठ अर्ब ८२ करोड ९६ लाख २५ हजार रुपैयाँको ल्यापटप तथा नोटबुक र २४ करोड ४५ लाख ६२ हजार रुपैयाँ बराबरको स्मार्टवाच आयात भएको विभागले जनाएको छ ।

सङ्ख्याका हिसाबले गत आवमा एक लाख २९ हजार ५९ थान ल्यापटप तथा नोटबुक र एक लाख ७३ हजार ६ सय ७८ थान स्मार्टवाच नेपालमा आयात भएको थियो ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध