नेभिगेशन
समाज विविध

रसुवा बाढीपछि चीनमा रोकिएका नेपाललाई आज स्वदेश ल्याइँदै

काठमाडौं– गत असार २४ गते रसुवागढी नाकास्थित भोटेकोशी नदीको बाढीले मितेरी पुल बगाएपछि चीनको केरुङमा अलपत्र करिब दुई सय नेपालीलाई आज (बुधबार) नेपालतर्फ ल्याइँदैछ ।

बाढीका कारण रोकिएका नेपालीहरू बुधबार बिहानै बजे नै चिनियाँ सवारी साधनमा तातोपानी (चाङ्मु) नाकातर्फ लागेका छन् ।

रसुवागढी नाकास्थित मितेरी पुल भोटेकोशीको बाढीले बगाएपछि चिनियाँ भूमिमा अलपत्र करिब दुई सय नेपाली नागरिकलाई बुधबार नेपाल फर्काइँदैछ ।

ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाका अनुसार केरुङमा रहँदा २०३ नेपालीलाई चीन सरकारका तर्फबाट सुरक्षित बसोबासको व्यवस्था मिलाइएको थियो ।

दुवै देशबीच कूटनीतिक पहलपछि चीन सरकारसँगको सहयोगमा उनीहरूलाई तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो । तातोपानी आइपुगेपछि उनीहरूलाई नेपाली अधिकारीहरूको जिम्मा लगाइने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध