नेभिगेशन
समाज विविध

जंगली च्याउ खाँदा दिदी-भाइको मृत्यु, आमा छोरीको उपचार हुँदै

काठमाडौँ । रुकुम पूर्वमा जंगली च्याउ खाएर बिरामी भएका दिदी भाइको मृत्यु भएको छ ।

भूमे गाउँपालिका ५ सेराबाङमा जंगली च्याउ खाएर बिरामी परेका ३ वर्षीय योजन विक र ७ वर्षिया भाग्य रेखा विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व प्रहरीका अनुसार योजनको सल्यान जिल्ला अस्पतालमा मंगलवार दिउँसो र भाग्य रेखाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार राति उपचारका क्रममा मृत्यु भएको हो ।

च्याउ खाएर गम्भीर बिरामी भएकी ९ वर्षीया आयुषा विकलाई पनि सल्यानबाट दाङ रिफर गरिएको छ भने बिरामी परेकी उनीहरूकी आमा ३५ वर्षीया राजकुमारी विकको रुकुम पश्चिम जिल्ला अस्पतालमा उपचार भइरहेको छ । छ ।

 गत आइतबार एउटै परिवारका चार जनाले जंगली च्याउ खाएपछि बिरामी भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध