नेभिगेशन
समाज विविध

कक्षा ११ र १२ मा कामपाको छात्रवृत्ति: पहिलो चरणमा ३ हजार ३ सय ६१ विद्यार्थी छनोट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा प्रदान गर्ने छात्रवृत्ति कोटाको पहिलो मनोनयन सूची सार्वजनिक गरेको छ। 

पहिलो चरणमा ३ हजार ३सय ६१ विद्यार्थी छनोट भएका महानगरपालिकाले जनाएको छ। मनोनयन भएका विद्यार्थीले साउन ९ गते भित्र तोकिएको शिक्षण संस्थामा भर्ना हुनुपर्ने महानगरको शिक्षा विभागले जनाएको छ।  

परीक्षामा उत्तीर्ण भई पहिलो चरणमा मनोनयन हुन नसकेका परीक्षार्थीलाई पहिलो चरणमा मनोनयन भएका विद्यार्थीले मिति २०८२।०४।०९ गतेसम्ममा भर्ना नभई रिक्त रहेका सिटसमेतमा योग्यता क्रमकै आधारमा दोस्रो चरणमा मनोनयनका लागि मिति २०८२।०४।१० गतेपश्चात् सूचना प्रकाशन गर्ने शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञावालीले जानकारी दिए। 

शिक्षा विभागका अनुसार, २०८२/०४/०३ मा ५४ परीक्षा केन्द्रहरूमा सञ्चालित प्रवेश परीक्षामा १४,१७३ विद्यार्थी सहभागी भएका थिए।  तीमध्ये १०,८६७ जनाले न्यूनतम ४०५(४० अंक) प्राप्त गरी उत्तीर्ण भएका थिए। 

देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी परीक्षाका लागि छनोट भएका थिए।  प्रारम्भिक नतिजा २०८२/०४/०४ मा र समूहगत विषयगत अन्तिम योग्यता क्रम २०८२/०४/०६ मा प्रकाशित भएको थियो। छात्र/छात्रा र कोटा सम्बन्धी विवरण संशोधन गरी

मनोनयन सूची योग्यता क्रम र विद्यार्थीले आवेदनमा उल्लेख गरेको शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा तयार गरिएको महानगरपालिकाले जनाएको छ।

साधारण कोटामा सामुदायिक विद्यालय, संस्थागत विद्यालय, काठमाडौँ महानगरका स्थायी बासिन्दा र ल्याण्डफिल साइट क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइएको छ। आरक्षण कोटामा छात्रा, आदिवासी जनजाति, मधेसी, खस आर्य, दलित, मुस्लिम, थारु, अपांगता भएका, पिछडिएको क्षेत्रका व्यक्ति, शहीदरबेपत्ता/द्वन्द्वपीडित परिवारका विद्यार्थी समावेश छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध