नेभिगेशन
पुँजी बजार

यो साता ५ प्रतिशत बढ्यो बजार

काठमाडौँ- यो साता सेयर बजार ५.०८ प्रतिशत अर्थात् १३९ अंक बढेको छ । गत साता २७३१ मा बन्द भएको बजार यो साता २८७० अंकमा रहेर बन्द भयो ।

सातामा ५ दिन कारोबार हुँदा एक दिन घट्यो भने ४ दिन बढ्यो । यतिबेला बजार ४ महिना (फागुन १९) यताकै उच्च विन्दुमा छ । असारको मध्य (१५ गते)बाटै बजारले वृद्धिको रफ्तार समातेको छ ।

पहिलो दिन आइतबार २९ अंक बढेको बजार सोमबार ३५ अंक घट्यो । मंगलबार फेरि ३४.४६ अंक बढेको बजार बुधबार ३४.६१ र बिहीबार ७५.८४ बढ्यो ।

आइतबार ११ अर्ब ४१ करोडको कारोबार भयो । सोमबार ८ अर्ब १७ करोड, मंगलबार ९ अर्ब ४१ करोड, बुधबार १४ अर्ब ३ करोड र बिहीबार १६ अर्ब ५९ करोडको कारोबार भयो । बिहीबारको कारोबार रकम करिब ११ महिना (१९ भदौ)यताकै उच्च हो ।

गत साताको अन्तिम दिन सेयर बजारका लागि अनुकूल मौद्रिक नीति सार्वजनिक भएसँगै यो साता बजारमा उत्साह देखियो । त्यस्तै साउनका लागि बैंकहरुले ब्याजदर थप घटाएर सार्वजनिक गरेपछि पहिलो दिन नै ७५ अंकको वृद्धि देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पुँजी बजार

दोहोरो अंकले घट्यो सेयर बजार